नेपालमा मंगलबार थप १०६९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३४४ महिला र ७२५ पुरुष गरि थप १०६९ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । संक्रमितहरुमा काठमाडौंका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३० संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या ४०,५२९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
मंगलबार थप ७६८ जना डिष्चार्ज भएका छन् भने हालसम्म निको भएर २२, १७८ डिष्चार्ज भएका छन् । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । डा गौतमका अनुसार मृत्यु हुनेमा महोत्तरीका ४ वर्षकी बालिका समेत रहेकी छन् । यस्तै महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ३ जना ५३, ८० र ६० वर्षका पुरुषहरु, बाराका ६० वर्षका पुरुष, चितवनका ५२ वर्षका पुरुष,काठमाडौंका २ जना ७० र ३५ वर्षका पुरुषहरु, मकवानपुरका ५८ वर्षक पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।
योसंगै नेपालमा कोरोनाका कारण मृत्युहुनेको संख्या २३९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १८,११२ जना रहेका छन् भने क्वारेन्टाइनमा ७,३९० जना रहेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय