हिमाल दैनिक
नेपालमा बुधबार थप ११२० जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ८०० पुरुष र ३२० महिला गरि थप ११२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । बुधबार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । बुधबार १११२ जना डिष्चार्ज भएका छन् भने हालसम्म २३२९० जना डिष्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चितवनका ५५ र १८ बर्षिया महिला , काठमाडौंका ८९ बर्षिया महिला , ललितपुरका ७० बर्षिया महिला , तनहुका २० बर्षिया महिला र कपिलवस्तुका ६० बर्षिया महिला छन् । त्यस्तै बाराका ५७ बर्षिय पुरुष, चितवनका ६५ बर्षिय पुरुष , भक्तपुरका ४० बर्षिय पुरुष, काठमाडौंमा ७० र ७५ बर्षिय पुरुष र धादिङका ४७ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । हाल क्वारेन्टाइनमा ६७६६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update