कोरोना महामारीको संक्रमण फैलिएपछि स्थानीय प्रशासनले भदौ ३ गतेदेखि जारी गरेको निशेधाज्ञालाई थप हप्ताका लागि लम्बिएको छ।
महामारी समुदायमा फैलिएको आशंकामा काठमाडौं जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्येरातदेखि एक हप्ताका लागि जारी गरेको निशेधाज्ञालाई बुधबार दोस्रो पटक थप एक साता लम्ब्याएर भदौ २४ सम्म जारी राखिएको छ।
भदौ १० अर्को साताका लागि लम्ब्याइएको निशेधाज्ञा आजै मध्यरातमा सकिनु अघि गृह मन्त्रालयसँग परामर्श गरी साँझ काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुख जनकराज दाहालले संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सरकारको निर्णय तथा स्थानीय प्रशासन ऐनको प्रावधान अनुसार एक साथ थप गरिएको बताए।
दाहालले जारी गरेको विज्ञप्ति अनुसार, उपत्यकाभित्र थप एक हप्तासम्म अत्यावश्यक सेवा संचालन गर्न बाहेक सार्वजनिक तथा निजी सवारी साधनको आवागमन तथा कुनै पनि व्यक्तिलाई घरबाट निस्कन पूर्णरुपले निशेध गरिएको छ।
यसरी अत्यावश्यक सेवामा पनि १२ वर्ष मुनी र ६० वर्ष माथिका नागरिक तथा दीर्घ रोग भएका व्यक्तिहरुलाई पनि घर बाहिर निस्कन निशेध गरिएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय