
कोरोना महामारीकाबीच सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दे रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
ललितपुरको पुल्चोकमा प्रहरीले सयौँको संख्यामा भेला भएर रथ तान्न लागेका स्थानीयलाई पानीको फोहोरा प्रहार गरी हटाउने प्रयास गरेको हो । रथ यात्रामा प्रहरीले हस्तक्षेप गरेपछि भेला भएका स्थनीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।
सो क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । झपडका क्रममा प्रहरीले केहि राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा आन्दोलनकारीले प्रहरीको मोटरसाइकल जलाएका छन् ।
प्रदर्शनका क्रममा केहि स्थानीय, पत्रकार र सुरक्षाकर्मी घाइते भएका छन् । निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए । उनीहरुले जबरजस्ती रथलाई तानेर पुल्चोकको मुल सडकमा पु¥याएका थिए । यता निषेधाज्ञाको समयमा मानिसको भिड जम्मा भएर रातो मछिन्द्रनाथको रथ तान्न खोजेपछि झडपको स्थिति आएको ललितपुरका प्रमुख प्रशासन कार्यालयले जनाएको छ ।
[gallery td_select_gallery_slide="slide" link="file" columns="2" ids="21413,21414,21415,21412"]
भिडियो: https://www.youtube.com/watch?v=_5cdChC9Cw8&feature=youtu.be |
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय