हिमाल दैनिक
नेपालमा बिहीबार थप १२२८ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३९४ महिला र ८३४ पुरुष गरि थप १२२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । गत २४ घण्टामा ९१७ जना डिष्चार्ज भएका छन् भने हालसम्म निको भएर २४,२०७ जना डिष्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै नेपालमा कोरोनाका कारण ६ थप जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ४० बर्षिया महिला, भक्तपुरका ४० बर्षिया महिला, तनहुकी ९२ बर्षिया महिला र रुपन्देहीकी ७७ बर्षिय महिला रहेकी छिन् । त्यस्तै सिन्धुपाल्चोका ७७ बर्षिय पुरुष र रुपन्देहीका ६५ बर्षिय पुरुषको पनि मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५७ पुगेको छ । हाल सक्रिय संक्रमिको संख्या १८,४१३ जना रहेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update