हिमाल दैनिक
पोखराको लेकसाइडमा एक कोरोना संक्रमितको मृत्यु
pokhara-tourist-lakeside
पोखरामा आज थप एक जना कोरोनाको कारण मृत्यु भएको छ । पोखरा कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका वडा नं ६ का ३७ वर्षे पुरुषको मृत्यु भएको हो । उक्त पुरुषलाई आज संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरेका थियो। आइसियुमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए । डा आचार्य का अनुसार उनलाई साँझ ५ः२० बजे अस्पताल ल्याइपु-याइएका ती पुरुषको ५ः५० मा मृत्यु भएको थियो । त्यसै आज नवलपुरमा पनि एक कोरोना संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । गैंडाकोट नगरपालिका २ का ३७ बर्षिय पुरुषको आज दिउँसो मृत्यु चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए । उनि हेपाटाइटिस र मृगौलाका रोगि थिए। उनलाई गत ९ भदौमा अस्पताल पुगेका थिए । १० भदौमा कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै आज नै तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका- १ स्थायी निवासी ९२ बर्षीय महिलाको पनि मृत्यु भएको थियो। उनको काठमाडौँ स्थित शसस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको छ | उनि दम, मुटु तथा मृगौलाका बिरामी थिइन्। यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । कास्कीका ५, गोरखा र तनहुँका ३/३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या २३ सय १२ पुगेको छ । तीमध्ये १७ सय ६६ संक्रमित निको भएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update