हिमाल दैनिक
नेपालमा शुक्रबार थप १३५९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४६४ महिला र ८९५ पुरुष गरि १३५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । शुक्रबार उपत्यकामा थप ४५४ जनामा कोरोना पुष्टि भएका छन्, जसअनुसार काठमाडौं ३८६, ललितपुर ३२ र भक्तपुरमा ३६ जनामा कोरोना देखिएको छ । त्यस्तै शुक्रबार थप १३५४ जना डिष्चार्ज भएका छन् । योसंगै कोरोना निको भएर डिष्चार्ज हुनेको संख्या २५,५६१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र १० पुरुष रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । योसंगै हालसम्म मृत्युहुनेको संख्या २७१ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १८,४०४ जना रहेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ६५६१ जना रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update