हिमाल दैनिक
गण्डकी प्रदेशमा आज ६७ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ६ जिल्लामा ५२ जना पुरुष र १५ जनामा संक्रमण देखिएको हो। पोखरामा २० जनामा संक्रमण पोखरामा महानगरपालिकामा आइतबार २० जनामा संक्रमण देखिएको छ। संक्रमण हुने १४ पुरुष र ६ महिला रहेका छन्। पोखरा वडा नं ४ मा १ जना पुरुष, ७ नं वडामा २ पुरुष,८ नं वडामा २ महिला र ३ पुरुष, १० नं वडामा २ महिला र ४ पुरुष, २७ मा २ पुरुष, ३ नं वडामा २ पुरुष रहेका छन्। त्यस्तै संक्रमित मध्य २ जना महिला पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकका स्टाफ नर्स रहेका छन्। लम्जुङ्ग जिल्लामा आज थप २ जनामा संक्रमण देखिएको छ। संक्रमितहरु बेसीसहरको ११ नं वडामा १ पुरुष र २ नं वडामा १ महिला रहेका छन्। बाग्लुङ्ग जिल्लाको काठेखोलाको ६ नं वडामा १ महिला र १ पुरुष र १ नं वडामा १ पुरुष गरि ३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। स्याङ्जामा आज मात्र २२ जनामा कोरोनाको संक्रमण देखिएको छ। गण्डकी प्रदेश आज सबै भन्दाबढी स्याङ्जा जिल्लामा देखिएको छ। संक्रमित हुने पुतलीबजारका १३ नं वडामा २ पुरुष, १ नं वडा बाट ६ पुरुष र १ महिला, ३ नं वडामा ४ जना पुरुष, १४ नं वडामा ८ जना पुरुष रहेका छन्। त्यस्तै एक जना पुरुषको स्रोत भने खुलेको छैन। त्यस्तै तनहुँ जिल्लामा ७ जनामा संक्रमण देखिएको छ। संक्रमित हुने बन्दीपुरका १ पुरुष, भानुमा १ पुरुष र १ महिला, ब्यास नगरपालिकामा २ महिला र शुक्लगण्डकीमा ३ पुरुष गरि ७ जनामा संक्रमण देखिएको हो। नवलपरासी पु मा ४ महिला र ९ पुरुष गरि १३ जनामा संक्रमण देखिएको छ। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५१४ पुगेको छ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update