नेपालमा सोमबार थप ९७९ जनामा कोरोना पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ९७९ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४७२३६ पुगेको छ ।
त्यस्तै सोमबार थप १७३६ जना डिष्चार्ज भएका छन् । हालसम्म कोरोना निको भइ ३०६७७ जना डिष्चार्ज भएको स्वास्थ्यका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै कोरानाका कारण थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र सात पुरुष रहेका छन् । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको उनले बताए।
हाल सक्रिय संक्रमितको संख्या १६,२५९ जना रहेका छन् भने क्वारेन्टाइनमा ४७३९जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय