हिमाल दैनिक
पोखरा महानगरपालिकामा ३१ जना सहित मंगलबार गण्डकी प्रदेशमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालमा गरिएको परीक्षणमा कास्की जिल्लामा ३१ जना, नवलपरासी(पु) ६ जना, गोरखाका १० जना, बागलुङमा ९ जना र तनहुँका ३ जना गरी ५९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका हुन् । आजमात्र पोखरामा २१ जना महिला र १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य २४ जना पोखरा फूड्स प्रा लिका कर्मचारी रहेका छन् भने १ जना पार्कल्याड अस्पतालका चिकित्सक र एक जना गण्डकी मेडिकल कलेजमा उपचाररत विरामी रहेका छन् । त्यसै गरी तनहुँको आर्बुखैरनीका तीन जना, बागलुङको तमानखोलाका ९ जना, नवलपुका गैंडाकोटका ६ जना, गोरखाको गोरखाका ३ जना बरपाक सुलिकोटका ३ जना, भीमसेनथा र सिरानचोकका एक एक जनामा कोरोना देखिएको शर्माले बताए । त्यस्तै कास्की जिल्ला अन्नपुर्ण-१ निवासी ६३ वर्षिया महिलाको मिति २०७७ भाद्र २१ गते विहान ९:१५ बजे श्री विरेन्द्र अस्पताल, छाउनीमा निधन भएको छ । ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत वहाँको भाद्र १९ गते कोरोना पुष्टी भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएको छ | यस विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको २ हजार ६ सय ६० पुगेको छ । गण्डकीमा अहिले सम्म १ हजार ७ सय ९७ जनामा निको भएर घर फर्किएका छन् भने २० जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update