हिमाल दैनिक
कोरोना संक्रमणको लक्षण देखिएपछि महामन्त्री कोइराला होम आइसोलेशनमा
shashank-koirala
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको छ। महामन्त्री कोइरालाले सोमबार हेम्स अस्पतालमा स्वाव परिक्षण गराउँदा अस्पतालले कोरोना पोजेटिभ देखिएको जानकारी दिएपछि उनी र उनका सहयोगी भरत तिवारी होम आइसोलेशनमा बसेका छन्। कोइराला निकट स्रोतका अनुसार, हेम्स अस्पतालबाट परिक्षणकवो आधिकारिक रिपोर्ट भने अझै उनलाई दिइएको छ। आज बिहानदेखि नै शरिरको तापक्रम बढेर बोर्डर लाइन अर्थात ९९ डिग्री फरेनाइट पुगेको थियो। उनको थप परिक्षण रिपोट आएपछि कोरोनाबारे औपचारिक जानकारी दिने बताइएको छ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update