हिमाल दैनिक
नेपालमा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमितहरुमा काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ जना पुगेको छ । यस्तै नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३०६ पुगेको छ । डा गौतमका अनुसार मंगलबार २ हजार २८७ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनान निको हुनको संख्या ३२ हजार ९६४ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए । हाल देशभर १४ हजार ८६८ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टाइनमा जना रहेका छन् भने क्वारेन्टीनमा ५,३१० जना रहेका छन् । ((
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update