हिमाल दैनिक
गण्डकी प्रदेशमा बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा कास्कीका ९ जना, बागलुङका १ जना र नवलपुरका १ जनामा गरि ११ जनामा कोरोना पुष्टि भएको हो । पोखरा महानगरपालिकामा ६,७,१४,१३,१७,८ नं वडामा गरि ६ बर्षीय बालिका १ जना, २ जना महिला र ६ जनामा पुरुषमा कोरोना देखिएको स्वास्थय निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । त्यसै गरी बागलुङको तमानखोलाका र नवलपुरको गैंडाकोट १÷१ जना पुरुषमा कोरोना देखिएको छ । यो सगँ गण्डकीमा २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ८ सय ४ जनामा निको भएर घरफर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update