
यातायात व्यवसायीहरुले आफुहरुले असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने जनाएका छन् । असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने सरकारको निर्णयलाई पर नर्सान पनि उनीहरुले आग्रह गरेका छन् ।
बुधबार यातायात व्यवस्था बिभाग र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा तीन मजदुर संगठनबीच भएको छलफलमा व्यवसायीहरुले जुनसुकै अवस्थामा पनि असोज १ वाट यातायात सञ्चालन गर्ने स्पष्ट पारेका हुन् । छलफलमा आफुहरुले सामाजिक दूरी र सरकारको मापदण्डलाई पालना गर्दै सवारी साधान सञ्चालन गर्ने जानकारी गराएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
उनले यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण सरकारले गर्नुपर्ने बताए । लकडाउनको समयमा ग्यारेजमा सवारी साधान थन्केका कारण यस बर्ष रुट परमिट लगाएत सम्पूर्ण करमा छुट दिनुपर्नेमाग गरेको उहाले जानकारी दिए ।
उनले विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टरबाट बिभिन्न प्रदेशमा पठाउदा सबै कम्पनीलाई यातायातबाट पठाउन बिभागलाई आग्रह गरिएको बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय