कोभिड–१९ कोरोना भाईरसको जोखिम दिनप्रति दिन बढिरहँदा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षार्थ नेपाल तरुण दलले वीर अस्पताल र पाटन अस्पतालका स्वास्थ्य कर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ।
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०७औं जन्म जयन्तीको अवसर पारेर पार्टीको भातृ संस्था तरुण दलले जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई बुधबार छुट्टाछुट्टै कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल अन्तर्गत हाडजोर्नी विभागमै गई (१००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड) र वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभागमै गई (१००० थान मास्क, २० थान पी।पी।ई सेट र २० थान फेस शिल्ड) हस्तान्तरण गरेको हो।
तरुण दल अध्यक्ष जितजंग बस्नेतका अनुसार, आज वितरण गरिएको स्वास्थ्य सामाग्री कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले तरुण दललाई उपलब्ध गराएका थिए।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय