हिमाल दैनिक
नेपालमा बिहीबार थप १२४६ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १२४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५०४६५ पुगेको छ । बिहीबार काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै नेपालमा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । बुधबार १८१८ जना डिष्चार्ज भएका छन् भने हालसम्म ३५७०० जना डिष्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । हाल सक्रिय संक्रमितको संख्या १४,८४८ जना रहेका छन् भने क्वारेन्टाइनमा ५८०६ जना छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update