हिमाल दैनिक
भारतमा कोरोनाले नयाँ रेकर्ड कायम गरेको छ। पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७६० नयाँ कोरोना संक्रमित थपिएका छन्। बिश्वमा एकै दिनमा यति धेरै संक्रमित देखियो यो पहिलो पटक हो। अहिले सम्म भारतमा संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ। कोरोनाले सबैभन्दा बढी प्रभावित भएको राष्ट्र अमेरिका हो जसमा ६५ लाख ८८ लाख १६३ मा संक्रमण देखिएको छ । पछिल्लो पाँच दिनको तुलना अमेरिकासंग गर्ने हो भने भारतमा संक्रमितको संख्या तीन गुना बढेको छ। बुधबार अमेरिकामा ३८ हजार ८११ नयाँ केस आएएको छ भने १०९० जनाको मृत्यु भएको छ।
मिति भारत अमेरिका 
भदौ २१ ९१ हजार ७२३ ३१ हजार ११०
भदौ २२ ७५ हजार २२ २५ हजार ४२०
भदौ २३ ८९ हजार ८५२ २८ हजार ५६१
भदौ २४ ९५ हजार ५२९ ३५ हजार २४४
भदौ २५ ९६ हजार ७६० ३८ हजार ८११
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update