हिमाल दैनिक
गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचारत एक जनाको मृत्यु भएको हो । मृत्यु हुने स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ निवासी ८५ बर्षीय पुरुष हुन्। उनको आज विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आर्चायले जानकारी दिए । भदौ २४ गते कोभिड १९ संक्रमित भई उपचारका लागि अस्पतालको आईसियुमा भर्ना भएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुने उनी १० औ व्यक्ति हुन् । अहिले सम्म गण्डकी प्रदेशमा कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update