भोलिबाट कास्की जिल्लामा सार्वजनिक यातायात संचालन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको पछिल्लो निषेधाज्ञा आज राति १२ बजेदेखि सकिदैछ । शुक्रबार बसेको सिसिएमसीको बैठकले कास्की जिल्लामा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको हो ।
सार्वजनिक यातायात संचालन गर्दा यात्रुहरुले अनिवार्य मास्क लगाउनु पर्ने र बस सञ्चालकले ढोकामा नै सेनिटाइजरको व्यवस्था गरिनुपर्नेछ । यस्तै भौतिक दुरी कायम गरेर बसको एक लहरमा एक जना अर्थात् कुल सिटको आधा भन्दा नबढ्ने गरी यात्रु बस्ने व्यबस्था मिलाउनुपर्ने पर्ने छ । सार्वजनिक यातायात बिहान ६ बजेदेखी साझँ ८ बजे सम्म संचालन गर्न पाइने निर्णय गरेको छ ।
सिसिएमसीको बैठकले मानिसहरु भेला हुन, भीडभाड गर्न, जुलुलस निकाल्न, जात्रा, महोत्सव, मेला गर्न तथा धर्म संस्कृती, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न नपाइने जनाएको छ।
त्यस्तै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सिनेमा हल, फुटसल, व्युटिपार्लर, जिमखाना, स्पा, सैलुन सञ्चालन वा खोल्न नपाइने बताइएको छ ।
निजि सवारीसाधन र ट्याक्सीको हकमा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर बिहान ६ बजेदखी साँझ ८ बजे सम्म चलाउन पाइने छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय