हिमाल दैनिक
पोखरामा आज मात्र दुई जनाको मृत्यु
fishtail-hospital
पोखरा फिस्टेल अस्पतालमा शुक्रबार निधन भएकी एक महिलाका शनिबार कोरोना पुष्टि भएको छ । पोखरा ५ मालेपाटनकी ४५ बर्षीय महिलाको कोरोनाका कारण निधन भएको स्वास्थय निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनको फिस्टेल अस्पतालमा राति १ बजेर १५ मिनेट जादाँ मृत्यु भएको थियो । यो संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ । शनिबार नै अस्पतालको कोभिड १९ उपचार केन्द्रेमा एक जनाको मृत्यु भएको थियो । स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ निवासी ८५ बर्षीय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आर्चायले जानकारी दिए । भदौ २४ गते कोभिड १९ संक्रमित भई उपचारका लागि अस्पतालको आईसियुमा भर्ना भएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुने उनी १० औ व्यक्ति हुन् । गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ८ सय ६५ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update