हिमाल दैनिक
शनिबार गण्डकी प्रदेशमा थप ८३ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा नलपुरका ४२ जना, कास्की ३४ जना, स्याङजाका ५ जना, गोरखामा १ जना गरी थप ८३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुने पोखरा महानगरपालिकामा १९ महिला र १५ जना पुरुष, स्याङजाको वालिङका १ महिला र ४ जना पुरुष, नवलपुरको विनयत्रिवेनी र देवचुलीका १० महिला र ३२ जना पुरुष, गोरखाको आरुघाट १ जना महिला रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । शनिबार मात्र पोखरामा दुई जनामा कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । पोखराको फिस्टेल अस्पतालमा शुक्रबार निधन भएकी एक महिलाका शनिबार कोरोना पोजेटिभ देखिएको छ । पोखरा ५ मालेपाटनकी ४५ बर्षीय महिलाको कोरोनाका कारण निधन भएको निर्देशक शर्माले जानकारी दिए । उनको फिस्टेल अस्पतालमा राति १ बजेर १५ मिनेट जादाँ मृत्यु भएको थियो । उनको दाहसंस्कार शनिबार विहान गरिएको थियो । शनिबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रेमा एक जनाको मृत्यु भएको थियो । स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ निवासी ८५ बर्षीय पुरुषको विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आर्चायले जानकारी दिए । भदौ २४ गते कोभिड १९ संक्रमित भई उपचारका लागि अस्पतालको आईसियुमा भर्ना भएका थिए । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने अहिलेसम्म कुल २ हजार ९ सय ३ जनामा संक्रमण देखिएको छ । त्यस्तै १ हजार ८ सय ४९ जना निको भइसकेका छन् । गण्डकी प्रदेशका संक्रमितको सख्या २ हजार ९ सय ३ पुगेको छ । हालसम्म
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update