हिमाल दैनिक
कपिलवस्तु प्रहरीले कोरोना संक्रमितलाई भेटेर फलफुलसगै स्वास्थ्य किट दिए
kapilbastu-isolation
कोरोना संक्रमितलाई समुदायमा फरक व्यवहार गरिएका घटना दैनिक जसो सार्वजनिक भएका छन । तर कपिलवस्तु प्रहरीले भने यस्ता घटना निरुत्साहित बनाउन आईशोलेशनमा रहेका संक्रमितलाई भेटेर स्वास्थ्य लाभको कामना गर्दै फलफुल सगै स्वास्थ्य किट दिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा कपिलवस्तु नगरपालिकाको आईशोलेशन र होम आईशोलेशनमा रहेका ३१ संक्रमितलाई फलफुल र स्वास्थ्य किट दिईएको हो । कपिलबस्तुतका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल, प्रहरी उपरिक्षक नवराज अधिकारी, शसस्त्र प्रहरी उपरिक्षक धु्रब कार्की, अनुसन्धान प्रमुख जयेन्द्र उपाध्याय सहितको टोली होम आईशोलेशनमा रहेका संक्रमितको घर घरमा पुगेको थियो । कोभिड १९ संक्रमित भई आईशोलेशनमा रहेका कपिलवस्तु नगरपालिकाका संक्रमितलाई घरमै पुगी हौसला प्रदान गरिएको र कार्यक्रमलाई अन्य स्थानमा समेत सञ्चालन गर्ने योजना रहेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए । बितरण गरिएको स्वास्थ्य किट युएफएड र युनिसेफले सहयोग गरेको थियो भने कपिलवस्तु प्रहरीले सबैलाई फलफुल उपलब्ध गराएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update