हिमाल दैनिक
बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिला रहेकी छन् । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । २१ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मिर्गौला रोगबाट पीडित थिइन् ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update