गण्डकी प्रदेशमा सोमबार बिहान थप १९ जना कोरोना सङ्क्रमण थपिएका छन्। योसँगै प्रदेशमा सङ्क्रमितहरुको सङ्ख्या २ हजार ९९१ पुगेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा स्वाब परीक्षण गर्दा कास्कीको पोखरा महानगरपालिकाका-१७ जना र बागलुङको बडिगाड गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो।
पोखरा महानगरपालिका वडा नं.४ र १७ का ८ जना, वडा नं. ३३ का १ जना, वडा नं. १४ का ६ जना, वडा नं. ७ का १ जना र वडा नं. ८ का १ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, बागलुङको बडीगाड गाउँपालिका वडा नं. १ का १ जना र वडा नं. ५ का १ जनालाई पनि संक्रमण भएको छ।
बागलुङमा थपिएका २ जना विदेशबाट आएर क्वारेन्टाइनमा बसिरहेका पुरुष हुन्। कास्कीको पोखरा महानगरपालिका ४ र १७ का ७ जना नेपाल प्रहरीमा कार्यरत छन्।
पोखरा महानगरपालिका ८ की २१ वर्षीया महिला पोखरा महानगरपालिकाकै स्वास्थ्यकर्मी हुन्।
एक जनाको मृत्यु
गण्डकीमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्य बिन्दु नगरपालिका-१२ का ६० वर्षीय पुरुषको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ।
निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या भोगिरहेका उनको उपचारको क्रममा भदौ २६ गते दिउँसो साढे ४ बजे लुम्बिनी अस्पताल रुपन्देहीमा मृत्यु भएको हो। यो सँगै गण्डकी प्रदेशमा ज्यान गुमाउने संक्रमितको संख्या २८ पुगेको छ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय