जनकपुरमा दुई जना कोरोना संक्रमितको निधन भएको छ।
बन्दिपुर सिरहाको ३२ वर्षीय महिला र महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ का ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।
सिरहाकी महिला ज्वरो आएर जनकपुरको काब्या अस्पताल जनकपुरमा भर्ना भएको र त्यहाँ पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो।
उनको हिजो साँझ साढे ५ निधन भएको प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर जामुन सिंहले जानकारी दिए।
त्यस्तै महोत्तरीका ६० वर्षीय पुरुषको पनि हिजो कोरोना कै कारण निधन भएको सिंहको भनाइ छ। भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो। उनी उच्च रक्तचापका बिरामीसमेत रहेको सिंहको भनाइ छ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय