हिमाल दैनिक
विश्वभर कोरोना(कोबिड-१९) बाट २ करोड भन्दाबढी संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठन (WHO) को पछिल्लो विवरण अनुसार हालसम्म २ करोड ९१ लाख ८० हजार ९०५ मा संक्रमण देखिएको छ भने यस बाट ९ लाख २८ हजार २६५ को मृत्यु भएको छ। त्यस्तै कोबिडबाट अहिलेसम्म कुल २ करोड १० लाख २६ हजार ७६६ जना निको भएका छन्। डब्लुएचओ (WHO)को अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ९३० जना संक्रमणको केस देखिएको छ। २४ घटना यता सबै भन्दा बढी संक्रमित भारतमा देखिएको छ। भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ७१ मा संक्रमण देखिएको छ भने १ हजार १३६ को मृत्यु भएको छ। भारतपछि अमेरिकामा २४ घन्टामा ३३ हजार ३६९ मा संक्रमण देखिएको छ भने ३९९ को मृत्यु भएको छ। कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको १० राष्ट्र:
देश संक्रमित मृत्यु निको भएको
अमेरिका ६६ लाख ९८ हजार ५२५ १ लाख ९८ हजार ३०८ ३९ लाख ७४ हजार ९४९
भारत ४८ लाख ४५ हजार ३ ७९ हजार ७५४ ३७ लाख ७७ हजार 44
ब्राजील ४३ लाख ३० हजार ४५५ १ लाख ३१ हजार ६६३ ३५ लाख ७३ हजार ९५८
रूस १० लाख ६२ हजार ८११ १८ हजार ५७८ ८ लाख ७६ हजार २२५
पेरू ७ लाख २९ हजार ६१९ ३० हजार ७१० ५ लाख ६६ हजार ७९६
कोलंबिया ७ लाख १६ हजार ३१९ २२ हजार ९२४ ५ लाख ९९ हजार ३८५
मेक्सिको ६ लाख ६८ हजार ३८१ ७० हजार ८२१ ४ लाख ७१ हजार ६२३
दक्षिण अफ्रिका ६ लाख ४९ हजार ७९३ १५ हजार ४४७ ५ लाख ७७ हजार ९०६
स्पेन ५ लाख ७६ हजार ६९७ २९ हजार ७४७ ---
अर्जेन्टिना ५ लाख ४६ हजार ४८१ ११ हजार २६३ ४ लाख ९ हजार ७७१
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update