हिमाल दैनिक
पोखरा|  बुधबार बिहानै गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार कास्कीमा २९, गोरखामा १३, तनहुँमा ५ र बाग्लुङमा ३ गरी चार जिल्लामा ५० जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये कास्की जिल्ला, पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरी रहेका छन्। यस्तै वार्ड नं १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् । यो सँगे गण्डकी प्रदेशमा संक्रमितको संख्या ३१६६ पुगेको छ  ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update