नेपालमा बुधबार थप १ हजार ५३९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १५३९ जनामा कोरोना पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । बुधबार थप १०६८ जना डिष्चार्ज भएका छन् । यो संगै डिष्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल होम आइशोलेशनमा ७७०१ जना रहदा संस्थागत आइशोलेशनमा ८५४१ जना रहेका छन् । हालसम्म ८ लाख ७२ हजार २७४ वटा पिसिआर भएको उनले जानकारी दिए ।
त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १६,२४२ रहेको छ । त्यस्तै क्वारेन्टाइनमा ७८२० जना रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय