हिमाल दैनिक
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जिल्लामा गरेको निषेधाज्ञा खुकुलो गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको सूचनामा भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी गरिएको आदेशमा केही खुकुलो गरिएको जनाइएको छ । यस अघि साउन २८ गतेबाट जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्धारा जारी सूचनामा आदेश असोज ७ गतेसम्म कायम रहेको भए पनि पहिले भन्दा केही खुकुलो गरिएको उल्लेख छ । कार्यालयले बिहिबारदेखि निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोेर प्रणालीमा चलाउन दिने, जोर गते जोर र बिजोर गते बिजोर सवारी सञ्चालन गर्ने, होटल रेष्टुरेन्टमा राजमार्गका लागि राति १० बजेसम्म र अन्यलाई राति ८ बजेसम्म सञ्चालन गर्न दिने, शैक्षिक संस्थाले अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update