हिमाल दैनिक
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहीबारदेखि सञ्चालनमा आएका छन् । मन्त्रिपरिषद्ले १ असोजदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै यातायात बिहीबारबाट सार्वजनिक सवारी साधन सञ्चालनमा आएको हो । बसले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने भएकाले तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिएका छन् । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ । यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर सवारी सञ्चालन गरिएको व्यवसायीहरुले जनाएका छन् । https://www.facebook.com/himaldainik/posts/2750960971789210 सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तोकेको मापदण्ड अनुसार नै सवारी सञ्चालन गरेको व्यवसायीहरुले बताएका छन् । बिहीबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा आएपनि यात्रुको संख्या भने न्युन देखिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update