कोरोना भाइरसको संक्रमणाबाट बाँकेको नेपालगञ्जमा थप एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ वर्षीय पुरूष रहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनको शनिबार राति साढे ११ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनको फोक्सोको दुवैतर्फ निमोनिया देखिएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि २० भदौको साँझ अस्पतालमा भर्ना भएका थिए । त्यही राति स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।
अस्पतालले प्लाज्मा थेरापी विधिबाट उपचार गरिरहेको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय