हिमाल दैनिक
भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । भारतमा दैनिक ठुलो संख्यामा कोरोना संक्रमित फेला पर्न थालेका छन् । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ९२ हजार ७ सय ५५ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ५३ लाख ९८ हजार २ सय ३० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ हजार ७ सय ७४ पुगेको छ । त्यस्तै हालसम्म ४२ लाख ९९ हजार ७ सय २४ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update