हिमाल दैनिक
नेपालमा आइतबार थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ४६९ महिला र ८५६ पुरुष गरि थप १३२५ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै आइतबार उपत्यकामा थप ७६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ३७२ पुरुष गरि ६०२ जना , भक्तपुरमा ४१ महिला र ६० पुरुष गरि १०१ र ललितपुरमा ३४ महिला र ३० पुरुष गरि थप ६४ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६४१२२ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको ज्यान गएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ । आइतबार ९६६ जना निको भएका छन् । यो संगै नेपालमा हालसम्म ४६ हजार २३३ जना निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हाल नेपालमा संक्रिय संक्रमितको संख्या १७ हजार ४७८ जना रहेका छन् भने क्वारेन्टाइनमाा ६,४५१ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ८४०७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९०७१ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख १४ हजार २९० जना रहेका छन् ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update