
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ ।
उपत्यका प्रवेशमा खुल्ला गरेपछि काममा लागि राजधानी आउने सर्वसाधारणको संख्या बढेको र उपत्यकाभित्रै संक्रमितको संख्यामा बृद्धि भएसंगै कोरोना जाँच गराउनेको संख्या बढेको हो । कोरोना जाँच गराउन गएपछि भीडका कारण टेकुमा सामाजिक र भौतिक दूरी भने पालना भएको छैन । जसका कारण अस्पतालबाहिरैबाट कोरोना संक्रमणको जोखिम बढेको छ । परिक्षणका लागि गेट बाहिर दिनहु लामो लाइन र भीड हुने गरेको अस्पतालले जनाएको छ ।
परिक्षण गर्न पुगेका मध्ये केहिले नजिकैको व्यक्तिमा कोरोना देखिएकाले जाँच गराउन आएको बताएका छन् भने केहिले भने घरपेटीले कोरोना रिपोर्ट मागेकाले परिक्षण गर्न आएको बताएका छन् । उक्तमा अस्पतालमा हालसम्म करिव २९ हजार कोरोना परिक्षण गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय