हिमाल दैनिक
नेपालमा सोमबार थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४१८ महिला र ७३६ पुरुष गरि थप ११५४ जनामा कोरोना पुष्टि भएको हो । सोमबार काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २१३ महिला र ३२५ पुरुष गरि ५३८ जना, भक्तपुरमा ३० महिला र ४४ पुरुष गरि जना र ललितपुरमा ३१ महिला र ३१ पुरुष गरि जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६५२७६ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप १६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १७,६११ जना रहेका छन् । सोमबार १००५ जना डिष्गचार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ४७२३८ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हाल ७४०३ क्वारेन्टाइनमा जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ८६९० जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ८९२१ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख २३ हजार ८२३ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update