हिमाल दैनिक
काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड १४ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड १४ लाख  ७८ हजार ३ सय ८७ जना  संक्रमित भएको तथ्यांक रहेको छ। संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६८ लाख ९४ हजार ५ सय ८६ पुगेको छ। त्यस्तै भारतमा ५५ लाख ६२ सय  ६ सय ६३, ब्राजिलमा ४५ लाख ५८ हजार ४० र रुसमा ११ लाख ११ हजार १ सय ५७ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ। त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजार  नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९ लाख ६८ हजारको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। अमेरिकामा २ लाख ७ सय २४,  ब्राजिलमा १ लाख ३७ हजार २ सय ७२ ,  मेक्सीकोमा  ७४ हजार ३ सय ४८, बेलायतमा ४१ हजार ९ सय ५१, इटालीमा ३५ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ। विश्वभर दुई करोड  १५ लाख ९७ हजार ९ सय ७८ जना संक्रमणमुक्त भएका छन्। बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३९ लाख ९३ हजार ४ सय ३२, अमेरिकामा २६ लाख ४६ हजार ९ सय ५९, रुसमा ९ लाख १४ हजार ९ सय २३ जना संक्रमणमुक्त भएका छन्। नेपालमा पनि ६६ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४८ हजार ६१  जना संक्रमणमुक्त भएका छन् भने ४ सय २९ जनाको मृत्यु भएको छ। भारतमा संक्रमितको संख्या ५५ लाख ६२ सय  ६ सय ६२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८८ हजार ९ सय ३५ पुगेको छ। भारतमा हालसम्म ४४ लाख ९७ हजार ८ सय ६७ जना  संक्रमित संक्रमणमुक्त भएका छन्। पाकिस्तानमा हालसम्म ३ लाख ६ हजार ८ सय ८६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय २४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९३ हजार १ सय ५९ जना उपचारपछि निको भएका छन्। बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ५२ हजार १ सय ७८ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ६० हजार ७ सय ९०  छ। अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ९६ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ५ सय ७६ जना उपचारपछि निको भएका छन्। माल्दिभ्समा संक्रमितको संख्या ९ हजार ८ सय १८ जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार ४ सय ३८ पुगेको छ । श्रीलंकामा संक्रमितको संख्या ३ हजार ३ सय १३ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार १ सय १८रहेको छ। भुटानमा संक्रमितको संख्या २६१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १९४ छ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update