हिमाल दैनिक
कोरोनाले विश्वमा ९ लाख ६२ हजारको मृत्यु
2020-09-23_Corana_Death-Usa
काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ६२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ६२ हजार ६१३ संक्रमितको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख २२ हजार २५६ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ । सोही अवधीमा ३ हजार ४७९ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update