कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना पुष्टि भएको छ। नेपालको निजी शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाएका सांसद श्रेष्ठलाई हिजो गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो।
'मलाई अस्ति अलि रुघा र खोकी लागेको थियो। स्वास्थ्यमा अलि असहजता महसुस भएपछि हिजो परिक्षण गरे। रिजल्ट पोजिटिभ देखिएको छ। कोरोना देखिएपनि अहिलेसम्म त्यस्तो केहि समस्या देखिएको छैन। म अहिले होम आइसोलेसनमै बसेको छु। '
यसअघि कांग्रेसका महामन्त्री शशांक कोइराला, सांसद बिनोद चौधरीलाई असिम्प्टोम्याटिक कोरोनाको लक्षण देखिएको थियो।
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय