हिमाल दैनिक
सिन्धुपाल्चोकमा विद्यालयहरु खुल्न थाले
sindhupal-chwok-hospital
कोरोना महामारीका कारण बन्द भएका सिन्धुपाल्चोकमा विभिन्न सामुदायिक विद्यालयहरु खुल्न थालेका छन् । यसै क्रममा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका बालशिक्षा माध्यमिक विद्यालयले पनि आफ्नो कक्षा सुरु गरेको छ । अहिलेको लागि कक्षा ९ र कक्षा १० का विद्यार्थीहरुलाई तीन वटा सेक्सनमा विभाजित गरी अध्यापन सुरु गराइएको विद्यालयका प्रधानाध्यापक बासु पौडेलले बताए । हरेक शिक्षक तथा विद्यार्थीलाई बिहान ज्वरो चेकजाँच गरेर मात्र विद्यालयको हाताभित्र छिराउने गरिएको उनले बताए । त्यस्त विद्यालय भित्र पनि सामाजिक दूरीको लागि हरेक सिटमा दुई जना मात्र विद्यार्थीलाई राखेर अध्यापन गराइएको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update