हिमाल दैनिक
भारतमा कोरोनाबाट ९७ हजार वढीको मृत्यु
1598749955_India_Covid
मुम्बई | भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९७ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ७८ कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिर्टसको तथ्यांकमा उल्लेख छ । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार वढी कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६२ लाख २३ हजार नाघेको छ । यस्तै भारतमा ५१ लाख ८४ हजार वढी निको भएका छन् । भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा आएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update