हिमाल दैनिक
मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष रहेको केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलले बताए । उनको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको हो। कोरोना पोजिटिभ भएसँगै ४ असोजमा भर्ना गरिएका बिरामीमा दीर्घ रोग मधुमेह तथा उच्च रक्तचापको समस्या थियो। स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि ६ असोजको राति पौने ८ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको गरिएको थियो । यस क्रममा बिरामीमा रेमडेसिभर औषधि समेत चलाउँदै आएको थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण १९ महिला र ४९ पुरुष गरी कुल ६८ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update