हिमाल दैनिक
धरानमा उपचाररत सप्तरीका कोरोना संक्रमितको मृत्यु
china_hubei_corona_virus
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । सप्तरीको राजविराज–४ निवासी ३९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
गोल्डन हस्पिटल विराटनगरमा उपचाररत उनमा ज्वारो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि कोभिड–१९ को संक्रमणको आशंका गरी प्रतिष्ठानमा रिफर गरिएको थियो । सापकोटाका अनुसार गत असोज ९ गते उनलाई संक्रमण पुष्टि भएर १० गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा बुधबार बिहान निधन भएको सापकोटाले बताए । उनलाई उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको दीर्घकालिन समस्या रहेको थियो ।
उनको शवको व्यवस्थापन नियमअनुसार भइरहेको डा. सापकोटाको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update