हिमाल दैनिक
नेपालमा बुधबार थप १५५९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५८२ महिला र ९७७ पुरुष गरि थप १५५९ जनामा कोरोना पुष्टि भएको हो । बुधबार काठमाडौं उपत्यकामा थप ९०२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष गरि ६९७ जना, भक्तपुरमा ५३ महिला र ४० पुरुष गरि ९३ जना र ललितपुरमा ४६ महिला र ६६ पुरुष गरि ११२ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ सय पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ । त्यस्तै बुधबार १०५७ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ५६,४२८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २०,८९१ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हाल क्वारेन्टाइनमा ५४२८ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १०,८०४ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १० हजार ८७ जना रहेका छन् । त्यस्तै हालसम्म १ लाख २१ हजार ५०३ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update