हिमाल दैनिक
आफ्नै श्रीमतीको विभत्स हत्या गरेको आरोपमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालालाई अदालतको विवादस्पद फैसलाका आधारमा रिहाई गरेको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद रामकुमारी झाँक्रीले असन्तुष्टि व्यक्त गरेकी छिन्। https://twitter.com/i/status/1286200290186637314 अदालतले नाबालक छोराहरुको पालन पोषण र शिक्षा दिक्षाको बहानामा सर्वश्वसहित जन्मकैदको सजाय भोग्दै आएका कोइरालालाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त अदालतले १५ गते कैद सजायको समय छोट्याएर रिहा गर्न आदेश दिएको विषयमा सांसद झाँक्रीले असन्तुष्टि व्यक्त गरेकी हुन्। अदालतको आदेश बमोजिम बिहिबार डिल्लीबजार कारागारबाट मुक्त हुनेक्रममा उनको स्वागतका लागि उनका बच्चाहरुको सट्टा उक्त घटनामा संलग्न भएको आशंका गरिएकी उनकी प्रेमीका पुगेको विषयले उक्त घटनामा अदालतले विवेक प्रयोग गर्छ भन्ने मान्यता खण्डित गरेको बताएकी छिन्।
श्रीमतीलाई भष्मखरानी पारेका पूर्व डिआइजी कोइराला अदालतकै आदेशमा सानसित थुनामुक्त

साथै उलने अदालतप्रति जनताको विश्वास मर्न नदिन पनि उक्त मुद्दाको न्यायिक पुनरावलोकन गर्न माग समेत गरेकी छिन्। उनले आफ्नो फेसबुक मार्फत भनेकी छिन्, ‘आफ्नै श्रीमतिको विभत्स हत्या गरी लास नै नष्ट गरेका APF का Ex. DIG रन्जन कोइरालालाई सर्वस्व सहित जन्मकैदको फैसला भएको थियो । हालै सम्मानित सर्बोच्च अदालतले कोइरालालाई ८ वर्षमै जेलमुक्त गर्ने फैसला दियो। आज उनि छुटे। बच्चाहरूको अभिभावकत्वको लागि भनेर उनको सजाय घटाईएको थियो तर छुटेपछि उनलाई लिन उनका बच्चाहरू होईन, हत्याकाण्डको पृष्ठभूमीको पात्र जेल बाहिर उनलाई स्वागत गर्न बसेको देखियो । न्यायालयले विवेक प्रयोग गर्छ भन्ने मान्यता नराम्रोसंग खण्डित भएको छ। अदालतप्रतिको जनताको विश्वास मर्न नदिन यो मुद्धाको न्यायिक पुनरावलोकन होस।’
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update