काठमाडौंको सितापाइला बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ।
बिहीबार राति ओखलढुंगाकी एक युवतीमाथि अज्ञात व्यक्तिले एसिड प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ।
एसिड प्रहारबाट घाइते भएकी उनलाई कीर्तिपुरस्थित अस्पतालमा लगिएको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।
एसिड हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
एसिड आक्रमणमा परेकी एउटा फाइभ स्टार होटलको लेखा शाखामा कार्यरत छिन्। उनी साँझको समयमा दही र चिउरा किनेर फर्किंदै गर्दा आक्रमण भएको प्रहरीको भनाई छ।
प्रहरीका अनुसार उनको गालामा एसिड लागेको छ। उनले एसिड प्रहार गर्ने व्यक्तिलाई आफूले नचिनेको प्रहरीलाई बताएकी छन्। युवतीले आफ्नो कसैसँग रिसिबीसमेत नरहेको बताएकी छन्।
प्रहरीले सीसीटिभि फुटेजबाट ती युवकको पहिचान गरेर खोजी तिब्र बनाएको जनाएको छ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय