हिन्दू धर्म, परम्पराअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज नागको पूजा अर्चना गरी नाग पूजा मनाइँदै छ ।
घरको मूल ढोकामा नागको तस्वीरसहित नागका अष्ट कुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजा आराधना गर्ने गरिन्छ ।
यसरी नागको तस्वीर टाँस्दा’ वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिना’का साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई ‘पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको वासस्थान भएका स्थानहरू पोखरी, पानी भए’को कुवा इनारमा गएर पूजा गर्ने चलन पनि छ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
वराहपुराणमा उल्लेख भए अनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग व्रह्माको संवाद भएकाले पनि आजको दिन’मा नाग पूजा गर्ने गरिन्छ ।
नागलाई विष्णु र शिवको प्रतीकका रू’पमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै चल्दै आएको छ ।
भगवान् शिवले नाग’को माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुबै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय