वर्षा कम भएको तथा नयाँ पहिरो नआएका कारण पृथ्वी राजमार्गमा अहिले केही ठाउँमा एकतर्फीसहित नियमित रुपमा गाडी सञ्चालन भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ खण्डमा नयाँ पहिरो खसेको छैन।
पहिले खसेका पहिरोहरु हटाएर केही ठाउँमा एकतर्फीसहित गाडी चलेको छ । बाँकी रहेको पहिरो हटाउने काम जारी रहेको इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिएका छन् ।
यस्तै मौवा खेलाको पुल जोड्ने बाटो खोलाले बगाएपछि अवरुद्ध भएको मुग्लिन–मलेखु–नागढुंगा खण्डमा पनि अहिले साना सवारी साधन एकतर्फी रुपमा सञ्चालनमा रहेको उनले बताए । साना सवारी सधानका लागि शुक्रबार बेलुकादेखि नै एकतर्फी बाटो खुला भएको हो ।
अहिले मौवा खोलाको पुलमा गेबिनको काम भइरहेको छ । आइतबार बेलुकासम्ममा काम सकी सबै सवारी साधानका लागि बाटो खुल्ला गर्ने तयारी रहेको खनालले बताएका छन् । पाँच दिनअघि मौवा खोला पुलको एप्रोच सडक बाढीले बगाएको थियो।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय