हिमाल दैनिक
सबै प्रकारका सवारी साधनलाई इम्बोस्ड नम्बरप्लेट वितरण सुरु
1583903901
सरकारले बागमती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा शुक्रबार टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण सुरु गरे।
मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेट रुपका रुपमा इम्बोस्ड प्लेट देशभरका सबै सवारी साधनमा राख्ने योनानुसार सरकारको तर्फबाट यो प्रक्रिया अघि बढेको बताए। सुरुवातमा कानुनी कारण समस्या रहेपनि अहिले यो कार्यान्वयन हुन गइरहेको उनको भनाइ छ। केही वर्षभित्रै सातै प्रदेशमा दर्ता भएको सबै किसिमका सवारी साधनमा इम्बोस्ड प्लेट राखेर व्यवस्थित गर्ने कार्य सुरु भएको छ। उनले भने, 'यो काम तीव्रता दिन सबैलाई अनुरोध गर्दछु।' मन्त्री नेम्वाङले सङ्घीयतामा गएपछि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनै तहलाई यातायातलाई व्यवस्थापनको जिम्मेवार दिएको बताए। यातायातलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न तीनै तह तदारुकताको साथ कार्यान्वयन गर्दै अगाडि बढेको उनको भनाइ छ। सबै सवारी साधनलाई चुस्तदुरुस्त राख्नका निम्ति त्यसको परीक्षण गर्ने कार्यालय स्थापना भइरहेको उनको भनाइ छ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update