सर्वोच्च अदालतले पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ ।
सर्वोच्च अदालतले पूर्वडीआइजी रन्जन कोइराला जोडिएको फैसलाको पुनरावलोकनको लागि आइतबार तीन सदस्यीय इजलास गठन गरेको थियो । न्यायाधीश बमकुमार श्रेष्ठको नेतृत्वमा तोकिएको इजलासमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी थिए । उक्त इजलासले सरकारको तर्फबाट पेस भएको निवदेनको सुनुवाई गरी फैसलाको पुनरावलोकनका लागि अनुमति दिएको सर्वोच्चले जनाएको छ ।
महान्यायाधीवक्ताको कार्यालयले विहिबार पुनरावलोकन हुनुपर्ने भन्दै निवेदन दर्ता गरेको थियो । सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो।
श्रीमतीलाई भष्मखरानी पारेका पूर्व डिआइजी कोइराला अदालतकै आदेशमा सानसित थुनामुक्त |
महान्यायाधीवक्ताको कार्यालयले विहिबार पुनरावलोकन हुनुपर्ने भन्दै निवेदन दर्ता गरेको थियो । सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो।
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय