पहिरा खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो ।
पहिरा खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ । रासस
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय